विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोनाले सर्वसाधारणका लागि गत साउन ४ गते खुल्ला गरेको सेयर आवेदन अवधि साझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय रुपैयाँ अंकित २३ लाख ९८ हजार ५०० कित्ता सेयर मध्ये ५ प्रतिशतले हुन आउने अर्थात १ लाख १९ हजार ७५ हजार सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँकी रहेको ११ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माणधीन छ । 

तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत सम्पन्न भइसकेको र आगामी व्यावसायिक रुपमा विद्युथ उत्पादन गर्ने लक्ष्य राखिएकोे छ । कुल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाटमा लागत २२ करोड ६७ लाख ६१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३