विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इलाममा निर्माण भएको १० मेगावाटको सिद्धि खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका सबै काम पूरा भई शनिबार (चैत २८) गतेदेखि परीक्षण उत्पादन सुरु भएको हो ।

सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा भएर बग्ने सिद्धिखोलामा निर्माण गरिएको आयोजनाबाट उत्पादित विद्युत् कम्पनीले लासुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको प्रवर्द्धक कम्पनीका अध्यक्ष सन्तोषराज नेपालले जानकारी दिए ।

'अहिले परीक्षण उत्पादन भइरहेको छ, यो सफल भएसँगै व्यापारिक उत्पादन थालनी हुने छ, हामीले १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई निशुल्क ऊर्जा उपलब्ध गराउने छौँ,' उनले भने, 'अब हामी सर्वसाधारणका लागि सेयर निष्काशनको तयारी गरिरहेका छौँ ।'

नेक्स्ट इन्फ्रा प्रालिका अनुसार २०८० साल फागुनमा निर्माण सुरु भएको आयोजनाबाट २०८२ साल चैत २८ गते अर्थात् करिब दुई वर्षमा सबै काम पूरा गरिएको थियो । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको बैंकको एकल लगानीमा निर्माण गरिएको आयोजना प्रतिमेगावाट करिब २१ करोड रुपैयाँमा पूरा भएको जनाइएको छ ।

ऋण सम्झौता भएको करिब दुई वर्षमै नयाँ व्यवस्थापन टोलीले आयोजना सम्पन्न गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।

गत माघ २३ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरिसकेको जनाइएको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रको सक्रियतासँगै यस्ता आयोजनाको ग्रिड जडानले देशको ऊर्जा आपूर्ति सुदृढ बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३