विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा निर्माणाधीन ४.५५ मेगावाटको माथिल्लो माछा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले भदौ ३१ गते (बिहीबार) बिक्री प्रबन्धकसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले  जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको माछा खोलामा निर्माणाधीन आयोजानको काम ५० प्रतिशत पूरा भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit