images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेतीखोला हाइड्रो पावर लिमिटेड ६० लाख कित्ता सधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको छ ।

कम्पनीले सय रुपैयाँ अंकित ६० करोड रुपैयाँ बराबर ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले सेयर निष्कासन गरी बाडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सेती कम्पनीकातर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी एक अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।

कम्पनी विद्युत उत्पादन गर्ने संस्थाको रुपमा २०८० असार २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । कम्पनीमा डोल्मा इम्प्याक्ट फन्ड दोस्राको ४९ प्रतिशत लगानी रहेको छ । बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराललगायतका पोखराका स्थानिय बासिन्दाहरूको रहेको छ । कम्पनीले २२ मेगावाटको सेती खोला निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit