विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका महानिर्देशक फ्रयांक रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका छ ।

दुई संस्थाले हरित ऊर्जा मार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्नेछन् । नेपालका जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि  एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन् ।

‘देशभित्र खपत गरी उब्रेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्त्वपूर्ण परियोजना बन्न सक्छ’, उनले भनिन्, ‘यस्तो परियोजना अगाडि बढाउन सके देशभित्रको जलविद्युत खपतको नयाँ ढोका खुल्नेछ ।’

समझदारीमा उल्लेखित व्यवस्थाहरू इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन मन्त्री भुसालले दुई संस्थालाई आग्रह गरिन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युतबाट उत्पादित विद्युत खपत गर्न हाइड्रोजन, एमोनिया उत्पादन र त्यसै मार्फत मल कारखाना स्थापना राम्रो विकल्प तथा क्षेत्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit