विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने उदेश्यले मंगलबार (जेठ ९ गते) देखि ‘सम्पदा घुम्ती बस सेवा’ सञ्चालन गरिएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात सहकारी लिमिटेडको सहकार्यमा विद्युतीय घुम्ती बस सेवा सुरु गरेका हुन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदाहरू पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच पुर्याउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको छ । अहिले दुई वटा विद्युतीय बस परिक्षणका लागि सञ्चालनमा ल्याइएको छ । यो सेवा एक साता निशुल्क हुनेछ भने पछि शुल्क निर्धारण गर्नेछ ।

पर्यटनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यो सेवाको उद्घाटन गरे । यो सेवाले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवर्द्धन गर्ने किरातीले बताए ।

पर्यटन प्रर्वद्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने महर्जनले बताए । यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए । सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरूसँग समन्वय र सहकार्य आवश्यक रहेको पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए ।

सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ । जसअनुसार बस साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महांकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिरस्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हुँदै बौद्ध पुग्नेछ ।

यस्तै, फर्किंदा तारागाँउ संग्रहालय, बौद्ध, चाबहिल चोक, नारायणगोपाल चोक, गोंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार कालीमाटी चोकबाट बल्खु चोक, एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit