विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एक वर्षभित्र शतप्रतिशत जनता कहाँ विद्युत् पुर्याइने बचनबद्धता व्यक्त गरेका छन् । आज (पुस २६ गते) प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मत माग्ने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले संसदमा आफ्ना बाचाहरू राख्दै भनेका छन्, ‘५ वर्षमा विद्युत् उत्पादन ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट घन्टा पुर्याइने लक्ष्य सरकारले लिनेछ । विद्युत् महसुल समायोजन गर्दै एक वर्षभित्रै शतप्रतिशत नागरिक कहाँ विद्युत् पुर्याइनेछ ।

विद्युत् उत्पादन र निर्यातमार्फत आर्थिक वृद्धिदर बढाइने पनि प्रधानमन्त्रीले बताएका छन् । साथै, इन्धनमाथिको परनिर्भरता घटाइने उनको प्रतिबद्धता रहेको छ । गार्हस्थ उपभोक्ताका लागि बर्खामा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत् निशुल्क उपलब्ध गराइने पनि उनले बाचा गरे । जुन, माओवादी केन्द्रको गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणापत्रमा समेत उल्लेख छ ।

आगामी ३ वर्षभित्र सतह तथा भूमिगत सिँचाइबाट तराईको थप ३ लाख हेक्टर जमिनमा सिँचाइ पुर्याइने समेत प्रधानमन्त्रीको प्रतिबद्धता छ । सिँचाइको बिजुली महसुलमा थप छुट दिइने जनाइएको छ । अहिले तराई सिँचाइको महसुल प्रतियुनिट २.२५ रुपैयाँ रहेको छ भने रातीको समयमा प्रतियुनिट २ रुपैयाँमात्र छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit