विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असार लाग्नासाथ निरन्तर परिरहेको झरीका कारण देशका नदी तथा खोलामा अत्याधिक बाढी आएको छ । नदीमा पानीको बहाब अत्याधिक रहेको, लेदो (सेडिमेन्ट) आएपछि देशका अधिकांश जलविद्युत्गृह बन्द गरिएको छ ।

बाढीले वितण्डा मच्चाएपछि नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ठूलो जलविद्युत्गृह पूर्णरूपमा बन्द भएका छन् । जसका कारण झन्डै साढे ५ सय मेगावाट विद्युत् प्रणालीबाट अलग भएको छ । यसको पूर्ति गर्न भारतबाट आयात बढाइएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

बाढीका कारण प्राधिकरणका ठूला जलविद्युत्गृहहरू १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, १५ मेगावाटको गण्डक, १४.८ मेगावाटको मोदी मंगलबार (असार १ गते) साँझदेखि बन्द गरिएको छ ।

मंगलबार साँझदेखि बन्द गरिएको विद्युत्गृह अझै सञ्चालन गर्ने अवस्था नरहेको कालीगण्डकीका केन्द्र प्रमुख पशुपतिराज गौतमले बताए । ‘हिजोको तुलनामा नदीमा बाढी अझै बढेको देखिन्छ, माथिल्लो क्षेत्रमा निरन्तर पानी परिरहेको खबर आइरहेको छ,’ उनले भने ।

कालीगण्डकी र मस्र्याङ्दी आंशिकरूपमा सञ्चालन भए पनि साँझतिर पुनः खोलामा ठूलो बाढी आएका कारण बाँधका सबै ढोका खोलिएको प्राधिकरणका प्रवक्ता तिम्सिनाले बताए । ‘नदी तथा खोलामा अहिलेसम्मकै ठूलो बाढी आएको अनुमान छ, मर्स्याङ्दी बेसिनका सबै जलविद्युत्गृह बन्द गरिएको छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘आज वर्षा कम भई बाढी घट्न थाल्यो भने सञ्चालन गर्न सकिएला ।’

तिम्सिनाका अनुसार निजी क्षेत्रको सबैभन्दा ठूलो ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ पनि अत्याधिक बाढीका कारण बन्द भएको छ । यता सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको १० मेगावाटको सुनकोसी र पर्वतमा निजी क्षेत्रले सञ्चालन गरिरहेको १० मेगावाटको तल्लो मोदी समेत बन्द छ ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा सञ्चालित निजी क्षेत्रको ४५ मेगावाटको भोटेकोसी, बुटवल पावर कम्पनीले प्युठानमा सञ्चालन गरेको १२.५ मेगावाटको झिमरुक बन्द छन् । यस्तै, दार्चुलामा सञ्चालित प्राधिकरणको ३० मेगावाटको चमेलिया आंशिकरूपमा मात्र सञ्चालन भइरहेको छ ।

देशका अधिकांश ठूला जलविद्युत्गृह बन्द भएपछि आपूर्ति व्यवस्थापन मिलाउन भारतबाट बर्खाको समयमा पनि ५ सय मेगावाटभन्दा बढी विद्युत् आयात गरिएको छ । प्राधिकरणका अनुसार मंगलबार ७.५० बजेको उच्च माग ११३० मेगावाट थियो । यसलाई कुलेखानी जलाशय पूर्णरूपमा सञ्चालन गरी, निजी क्षेत्रका साना विद्युत्गृह र आयातित विद्युत्ले व्यवस्थापन गरिएको थियो ।

तिम्सिनाका अनुसार मंगलबार राती ९ बजे भारतबाट ५३१ मेगावाट विद्युत् आयात भएको थियो । सोही समयमा प्राधिकरणको उत्पादन भने जम्मा १७० मेगावाट (कुलेखानी सहित) र निजी क्षेत्रको उत्पादन ३०० मेगावाट थियो ।

यसैगरी, हेटौंडा–हार्दी १३२ केभी प्रसारण लाइनको तार चुँडिएकाले राति ९.३० सम्म काम गरेर प्राधिकरणका कर्मचारीले मर्मत सकेका थिए । अविरल वर्षा, बाढी र प्रतिकूल परिस्थितिमा समेत प्राधिकरणका कर्मचारीहरूले अहोरात्र खटेर काम गरिरहेको देखिन्छ ।

आकस्मिकरूपमा आएको यो प्राकृतिक प्रकोपका कारण उत्पन्न विद्युत् उत्पादन, प्रसारण र वितरण सेवाको असहज अवस्थामा समेत प्राधिकरणले अहिलेसम्म विद्युत् आपूर्तिमा कटौती नगरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit