विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका गत चैत २७ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।

संखुवासभामा निर्माणााधीन १० मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएका साधारण आवेदन अवधि आजबाट सकिने लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँमा अंकित ७ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरिएको थियो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख  कित्तासम्मका  लागि आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० फागुनदेखि नै उत्पादन अनुमति लिई अघि बढेको आयोजनाबाट २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटीजन्स बैंकको अगुवाईमा नेपाल इन्भेसमेन्ट बैंक र प्रभु बैंकको ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३