विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले २ जलविद्युत कम्पनीको सेयर खरिद गर्ने भएकाे छ । कम्पनीको आज (मंगलबार) बसेको सञ्चालक समिति बैंठकले सगरमाथा जलविद्युत र माईखोला हाइड्रो पावर कम्पनीको सेयर खरिद गर्न लागेकाे हाे ।

सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरिरहेकाे ९.६० मेगावाटको सुपरमाई ‘ए’ जलविद्युत आयोजनाको ७६.५८ प्रतिशत र माईखोला हाइड्रो पावरले सञ्चालन गरेको ३ मेगावाटको माइखोला क्याकसेडको (१०० सबै )  सेयर खरिद गर्ने निर्णय भएकाे कम्पनीले जनाएको छ ।

सुपरमाई ‘ए’ ले २०७७ जेठ ३२ गतेदेखि र माई क्यासकेडले २०७७ असार ३१ गतेदेखि विद्युत उत्पादन गरिरहेका छन् ।यता, ङादी ग्रुपले असोज ३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको ५ मेगावाटको सिउरी खोला जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit