विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले मंसिर २३ गते देखि प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

आयोजनाबाट अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर नगरपालिकाको वडा नम्बर ८ र ९, धर्मदेवी नगपालिकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का लागि ६ लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य स्थायी बासिन्दाका लागि ४ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककालागि २ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्नेछ । स्थानीयले न्युनत्तम १० कित्ता देखि अधित्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit