विद्युत अपडेट

  • प्राधिकरण : ६५६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३६७ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४४३४ मे.वा.घन्टा
  • आयात : ११३३१ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३७१५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०४१० मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २०१४ मे.वा.
२०८२ ब‌ैशाख २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाकाे निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएकाे आयोजनाको परीक्षण सुरु भएकाे हाे । 

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको बताएका छन् । ‘बाँधदेखि विद्युत्‌गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ’ उनले भने, ‘भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परीक्षणको काम अन्तिम चरणमा पुगेको छ ।’

निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डिसेण्डर), रेलेखर्कमा विद्युत्‌गृह निर्माण र बाँध देखि विद्युत्‌गृह सम्म ३ हजार ६ सय मिटर लामो पाइपलाइन जडान गरेको छ । रेलेखर्कको विद्युत्‌गृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । ५०५ मिटर माथिबाट विद्युत्‌गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित बनेको थियो । अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताए । 

१ अर्ब २० करोड रुपैयाँलागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँदेखि लेकगाउँहुदै बाँध र विद्युत्‌गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३