विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिराहाको ३३ केभीए लहान सबस्टेसनमा चट्याङ परेर क्षति पुर्याउँदा करिब डेढ लाख घरधुरीको विद्युत आपूर्ति बन्द भएको छ । सोमबार रातिदेखि आएको भारी वर्षासँगैको हावाहुरी र चट्याङले मंगलबार बिहान सबस्टेसनमा क्षति पुर्याउँदा आपूर्ति बन्द भएको हो ।

सबस्टेसनको ३३ केभी लाइनको बसबार, पिटी, तारलगायतमा ठुलो क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले बताए । उनका अनुसार ढल्केबर ग्रिड अन्तर्गतको सबस्टेसनमा क्षति पुग्दा सिराहा वितरण केन्द्र र लहान वितरण केन्द्र अन्तर्गका सम्पूर्ण क्षेत्र र गाइघाट क्षेत्रको बस्ती अन्धकार भइ जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ ।

सबस्टेसनबाट निस्किएको लहान, बस्तीपुर, थाडी, सितापुर र जहदी फिडरको आपूर्ति बन्द छ । आपूर्ति बन्द हुँदा लहान वितरण केन्द्र अन्तर्गतको ६५ हजार, सिराहा वितरण केन्द्रको ४० हजार र गाइघाट क्षेत्रको करिब ३५ हजार ग्राहकमा प्रत्यक्ष प्रभाव परेको छ ।

सबस्टेसनमा समस्या आउँदा प्राधिकरणलाइ ठुलो क्षति पुगेको यावदले बताए । ‘लहानले प्रतिदिन करिब २ लाख युनिट र सिराहाले करिब डेढ लाख युनिट विद्युत खपत गर्दै आएको छ’, उनले भने, ‘सबस्टेसनमा क्षति पुग्दा सो विद्युत खेर गइरहेको छ ।’ सबस्टेसन मर्मतको काम भइरहेको छ । आज साँझसम्म मर्मतसंभारको काम सम्पन्न गरेर आपूर्ति सुचारु गर्ने योजनाका साथ काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit