विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

फिक्कल । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ आयोजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजार रूपैयाँको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् ।

स्थानीय अँधेरीखोलाबाट ८९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नम्बर १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । आयोजना पुनर्निर्माण सम्पन्न भइ पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए ।

स्वीडेन सरकारको १२ लाख ५८ हजार रूपैयाँ, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजार रूपैयाँका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजार रूपैयाँको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो ।

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन् । ‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ’, सचिव समालले भनिन्, ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।’ 

स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै आकाशे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताउँछिन् । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताइन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष १० हजार ३४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३