काठमाडौं । ऊर्जा क्षेत्रमा लामो समयदेखि परामर्श तथा निर्माणमा संलग्न हुँदै आएको कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ कम्पनीले आफ्नो स्थापनाको २२औं वर्ष मनाएको छ । ‘गुणस्तरीय जीवनका लागि विद्युत प्रवाह’ भन्ने मूल उद्देश्यका साथ सन् २००० मा स्थापित कम्पनी अहिले देशकै विश्सनीय संस्थाको रूपमा चिनिएको छ ।
अहिलेसम्म कम्पनीले एक हजारभन्दा बढी रोजगारी सिर्जना गरेको, प्रसारण तथा वितरण लाइन सञ्जालमार्फत ३० लाखभन्दा बढी व्यक्तिसम्म विद्युत सेवा पुर्याइसकेको जनाइएको छ । विद्युत आपूर्ति मार्फत गुणस्तरीय जीवनयापनमा महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको पनि बताइएको छ ।
स्थापना दिवस मनाइरहँदा कम्पनीले आफ्ना जिम्मेवार ग्राहक, बिक्रेता तथा सरोकारवाला निकायलाई आधार व्यक्त गर्दै यस्तै समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छ । आगामी दिनमा ग्राहक, बिक्रेता तथा सरोकारवाला निकायको निरन्तरको साथ र सहयोग पाउने कम्पनीको विश्वास छ ।