विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लाे समय अप्रत्यासित रूपमा देशमा विद्युत् संकट देखिएपछि नेपाल विद्युत प्राधिकरण यसकाे समाधान खाेज्नतिर लागेकाे छ । रुस र युक्रेनबीच चलेकाे युद्धका कारण भारतमा काेइलाकाे आयातमा समस्या देखिएसँगै नेपालमा यसकाे असर देखियाे । जसका कारण भारतबाट आयात हुने उर्जा अधिक महँगाे हुन गएकाे छ । यद्यपि, महँगाे उर्जा आयात गरेरै भए पनि देशमा लाेडसेडिङ हुन नदिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिबद्धता जनाएका छन् ।

प्राधिकरणले बिहीबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा केही समस्या आएको भए पनि व्यवस्थापन गरेर लोडसेडिङ हुन नदिने घिसिङकाे उद्घाेष छ । आजराति १२ बजेदेखि प्रतियुनिट ३८ रुपैयाँमा विद्युत आयात गरेर उद्योगलाई दिने घिसिङले बताए । ‘भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत कटौती भएको हो’, उनले भने,  ‘बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत दिन्छौ ।’

‘३८ रुपैयाँमा किन्दा आजराति १२ः१५ बजेदेखि सिस्टम नर्मल हुन्छ’, घिसिङले भने, ‘तिनदिन अघिदेखि बिडिङमा नपरेको हुँदा उद्योगमा समस्या देखिएको हो ।

’भारतबाट उच्चतम मुल्यमा विद्युत आयात गरेपनि उद्योगहरुलाई मुल्य नबढाउने पनि घिसिङले बताए । पहिला केही समय निकै सस्तोमा पनि बिजुली किनेको उल्लेख गर्दै घिसिङले अहिले महंगो भए पनि माग पूरा गर्न घाटा खाएर किन्न लागिएको बताए ।

‘२.४० रुपैयाँमा पनि बिजुली किनेका छौ, केही समयको लागि महंगो भएपनि आयात गर्न लागिएको हो’, उनले भने, ‘तर, अहिले त्यो अवस्था छैन, बढेको दरमा किन्दा ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुन्छ ।’

भारतमा बिजुलीको भाउ अत्यधिक महँगिएको र उच्च मू्ल्यमा नै बिजुली खरिद गर्नुपर्ने बाध्यता भएका प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि हामीले प्रतियुनिट २० रुपैयाँ भारु, त्यो भनेको नेपालको ३२ रुपैयाँमा आयात गर्न लागिएको छ । नेपालसम्म आइपुग्दा प्रतियुनिट ३८ रुपैयाँ पर्छ ।

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन बिजुली अभाव भएको भट्टराईले बताए । उनका अनुसार अहिले फुल रेटमा बिड गरेका छौ, अब विजुलीको समस्या नहोला ।

भारतले नेपाललाई आयातित कोइलाबाट सञ्चालन हुने विद्युतगृहबाट उत्पादित विद्युत निर्यात गर्दै आएको छ । यसो हुँदा, आयातित कोइला महँगो भएपछि उत्पादित र बिक्री हुने विद्युत पनि स्वभाविकरूपमा महँगो हुने नै भयो । यही कारण, नेपालले सस्तोमा किनिरहेको ‘आदानप्रदान र विद्युत खरिद बिक्री सम्झौता (पिपिए)’ अनुसारको विद्युत दिन नसक्ने भन्दै भारतले विद्युत कटौती गरेको थियो ।

र यो पनि 

ऊर्जामा रुस-युक्रेन युद्धको असर भारत हुँदै नेपालसम्म, प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्याे

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३