विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाखयता देशको विभिन्न जिल्लामा पहिचान भएको १६०० मेगावाटका आयोजनाको अध्ययन पूरा भएको छ । २ मेगावाटदेखि ४८० मेगावाट क्षमतासम्मका २३ जलविद्युत आयोजनाको अध्ययन सकिएको हो ।

विद्युत विकास विभागका अनुसार साढे ३ महिनाकाे अवधिमा अध्ययन  पूरा भएका यी आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । सरकारी तथा निजी विद्युत उत्पादकले १६०६.८१४ मेगावाटको आयोजना विद्युत उत्पादन गर्नका लागि विभागमा आवेदन दिएका हुन् ।

अध्ययन सकिएको आयोजनामध्ये सबैभन्दा ठुलो ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना रहेको छ । यो आयोजना विद्युत उत्पादन कम्पनी लिमिटेडले अध्ययन पूरा गरी २०७९ जेठ २५ गते निर्माण अनुमतिका लागि आवेदन दिएको छ । यही कम्पनीले अध्ययन पूरा गरेको ४५४ मेगावाटको किमाथान्का अरुण जलविद्युत आयोजनाले पनि २०७९ असार ६ गते निर्माण अनुमतिका लागि आवेदन दिएको छ । 

नेपाल विद्युत प्राधिकरणले अध्ययन पूरा गरेको २१० मेगावाटको चैनपूर सेती जलविद्युत आयोजनाले पनि २०७९ असार २ गते निर्माण अनुमतिका आवेदन दिएको विभागको तथ्याङ्कमा छ । अध्ययन सकिएको १०६ मेगावाटको जगदुल्ला, ३८.१६० मेगावाटको कालिका कालिगण्डकी, ३० मेगावाटको होंगु खोला, ७२ मेगावाटको माथिल्लो तमोर, ३६.५२० मेगावाटको ब्रह्मायणी, ३०.४०० मेगावाटको माथिल्लो दुध खोला, २१ मेगावाटको पलुन खोला, १९ मेगावाटको तातोपानी खोला जलविद्युत आयोजनाले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

यस्तै, ४.८९४ मेगावाटको चोम्रोन खोला, ३ मेगावाटको कालिन्चोक, ४.७५० मेगावाटको तल्लो ठुलो खोला, ४.२०० मेगावाटको छया्ङदी खोला, ८.८५० मेगावाटको मल्टा बागमती, १३ मेगावाटको माथिल्लो सेती–१, ४३ मेगावाटको माथिल्लो मादी–०, ४३ मेगावाटको घुन्सा तमोर, ३.४५० मेगावाटको सिनकोस खोला, ९.१४० मेगावाटको सुपर घलेम्दी, ६.०५० मेगावाटको तल्लो भिम खोला, २.९०० मेगावाटको माथिल्लो सार्दी, ६.५०० मेगावाटको धारखोला जलविद्युत आयोजनाले पनि निर्मांण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३