विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी भदौभित्र प्रदेश मन्त्रालयबाट एलपी ग्यास विस्थापित गरी विद्युतीय चुलो देशव्यापी गर्ने भएको छ । बुधबार आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

विद्युत खपतलाई प्रवर्द्धन गर्ने लक्ष्य अनुसार ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने अभियानलाई व्यापक रुपमा कार्यान्वयनमा गरिने भएको छ । पहिलो चरणमा प्रदेश मन्त्रालयमा ग्यास विस्थापित गरिने र मातहतका कार्यालयबाट क्रमश विस्थापित गर्दै लगिनेछ ।

प्रदेश सरकारले स्नातकोत्तर तहमा अध्ययनरत छात्राहरूलाई निशुल्क विद्युतीय चुलो वितरण गर्नै व्यवस्था गरेको छ । ‘उज्यालो प्रदेशः लुम्बिनी प्रदेश’ अभियानलाई कायान्वयन गर्न विद्युतीय संरचनाको स्तरोन्नति र विस्तारका साथै घरेलु सौर्य ऊर्जा जडान कार्य अघि बढाइनेछ । 

भालुवाङ्गदेखि लहमी सडक खण्ड तथा गौतमबुद्ध अन्तराष्ट्रिष्.य विमानस्थल देखि लुम्बिनीसम्म साइनिङ रोग र जिल्ला सदरमुकाम एव महत्वपूर्ण सार्वजनिक स्थलहरूमा सौर्य बत्ती जडान गर्नका लागि १८ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ ।

ऊर्जा उत्पादन, वितरण र व्यवस्थापन गर्न लुम्बिनी ऊर्जा विकास कम्पनी स्थापना गरीनेछ । नौमुरे बहुउदेशीय जल विद्युत आयोजना नेपाल सरकारको समन्वयमा प्रदेशबासी, स्थानीय तह तथा प्रदेश सरकारको समेत सहभागितामा निर्माण तथा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।

खानेपानी सरसफाई तथा कार्यक्रमका लागि २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit