विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षमा नीजि क्षेत्रबाट उत्पादन भएको करिब ३७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साउनदेखि मध्य फागुनसम्ममा जलविद्युत, सौर्य विद्युत र चिनी उद्योगको गरी ७ आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

अहिलेसम्म ५ वटा जलविद्युत र एक एक वटा सौर्य विद्युत तथा चिनी मिलबाट उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १२ मेगावाटको नामार्जुन मादी, १ मेगावाटको हाँडीखोला, ३ मेगावाटको माथिल्लो रवा, ५ मेगावाटको घट्टे खोला र ४.५ मेगावाटको विजयपुर–२ जलविद्युत आयोजनाले यो वर्ष विद्युत उत्पादन सुरु गरेका छन् ।

८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना र एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको बगासबाट उत्पादन भएको ३ मेगावाट विद्युत पनि प्रसारण प्रणालीमा जोडिएको हो । यो अविधिमा थपिएको विद्युत सरकारले निर्धारण गरेको लक्ष्यभन्दा न्यून हो ।

सरकारले चालू आवको बजेटमार्फत १३ सय मेगावाट विद्युत प्रणालीमा थप्ने घोषणा गरेको थियो । साढे ७ महिनामा ३७ मेगावाटमात्रै प्रणालीमा थपिनुले बाँकी साढे ४ महिनामा सरकारी लक्ष्य पूरा नहुने सम्भावना देखिन्छ । यो वर्ष कोरोना (कोभिड–१९) महामारीका कारण निर्माणाधीन आयोजना प्रभावित हुन पुगेकाले पनि सरकारी लक्ष्यमा धक्का लाग्ने देखिएको हो ।

विद्युत प्राधिकरणले भने ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ८ सय २५ मेगावाटका २८ आयोजनाबाट विद्युत उत्पादनको लक्ष्य राखेको छ । प्राधिकरणले निर्धारण गरेको लक्ष्यअनुसार ७ सय ८८ मेगावाटको उत्पादन सुरु हुन  बाँकी छ ।

निर्माण सम्पन्न भएका मध्ये ४२ मेगावाटको मिस्ट्री खोला र २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना चाँडै प्रणालीमा जोडिँदै छन् । अहिले यी दुवै आयोजना विद्युत उत्पादन सुरु हुनुअघिको परीक्षणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । 

यसअघि निर्माण सम्पन्न भएको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना प्रसारण लाइन समस्याका कारण प्रणालीमा जोडिन पाएको छैन । यो आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन आयोजना सम्पन्न भइनसकेकाले विद्युत उत्पादन सुरु हुन नसकेको हो । विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गरेर काम अन्तिम चरणमा पुर्याएकाले यो आयोजना पनि चालू आवभित्र प्रणालीमा जोड्न सकिने देखिएको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार २० मेगावाटको तल्लो मोदी, १० मेगावाटको मिथिला सौर्य विद्युत, १२ मेगावाटको उपल्लो खिम्ती , ७ मेगावाटको माथिल्लो खिम्ती, ३० मेगावाटको न्यादी पनि यही वर्ष प्रसारण प्रणालीमा जोडिने आयोजना हुन् । यी मध्ये उपल्लो र माथिल्लो खिम्ती प्रसारण लाइनको समस्याले जोडिन सक्ने सम्भावना न्यून रहे पनि तल्लो मोदी, मिथिला सौर्य विद्युत र न्यादी आयोजनाको उत्पादन सुरु हुन सक्ने देखिन्छ ।

यस्तै, ४ मेगावाटको सोम राधाकृष्ण सौर्य विद्युत, ८ मेगावाटको टक्सार पिखुवा, ४ मेगावाटको माथिल्लो लोहोरे, ६.६ मेगावाटको सपसुप खोला र ३.२ मेगावाटको गेलुन खोला पनि यही वर्ष प्रणालीमा जोडिने प्रक्षेपण छ । दोर्दी कोरिडोरमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र २७ मेगावाटको दोर्दी खोला आयोजनाको उत्पादन सुरु हुने तालिका छ ।

यी आयोजनाले गत आर्थिक वर्षबाटै विद्युत उत्पादन सुरु गर्नुपर्ने भए पनि १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन पूरा नभएकाले सम्भव हुन सकेको थिएन । यो वर्षभित्र प्रसारण लाइनको काम सकिने हुँदा यी आयोजनाको विद्युत प्रणालीमा जोड्न सकिने प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि असार मसान्तभित्र सञ्चालनमा आउने प्राधिकरणको दाबी छ । ५२ मेगावाटको लिखु–४, ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४.८ मेगावाटको खोरुङ्गा खोलासमेत यो वर्ष सम्पन्न हुने आयोजना हुन् । 

यही वर्ष आउने भनिएका ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढीलगायत आयोजनाको उत्पादन तालिका भने धकेलिएको छ । कोरोना महामारीका कारण कामदार तथा निर्माण सामाग्री अभाव हुँदा लामो समयसम्म आयोजनाको निर्माण प्रभावित भएकाले उत्पादन अवधि पनि धकेलिन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit