विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देलले सरकार निकट भविष्यमै शतप्रतिशत स्वच्छ तथा नवीकरणीय ऊर्जाको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी), प्रकृति रिसोर्सेस सेन्टर (पिआरसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), वल्र्ड फ्युचर काउन्सिल र ब्रुटको संयुक्त सहकार्यमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

सचिव सिग्देलले सरकारले खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै सौर्य ऊर्जा, वायु लगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाइरहेको बताए । ‘विश्व नै नवीकरणीय ऊर्जाको खपत बढाउन लागिरहेको छ,’ उनले भने, ‘नेपालले पनि सौर्य, वायु, जलविद्युत्‌काे प्रयोग बढाउने नीति अघि सारेको छ, नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई बढोत्तरी गर्न राष्ट्रिय अभियान नै जरुरी छ ।’

शतप्रतिशत नवीकरणीय ऊर्जामा जान स्थानीय तहबाटै सौर्य र वायु ऊर्जालाई प्राथमिकतामा राखेर जानुपर्ने पनि उनको जोड थियो । ‘जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना’ ले सन् २०३० सम्म १५ हजार मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

यसैगरी, सरकारले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी मार्गचित्र तयार गरेको छ । उत्पादित विद्युत् खपतका लागि विद्युतीय सवारी र ‘इ–कुकिङ’मा जानुकाे विककल्प नरहेकाे सिग्देलकाे भनाइ थियाे ।

साेही कार्यक्रममा सरकार तथा विभिन्न योजनाले पूर्णरूपमा नवीकरणीय ऊर्जामा जाने मार्गचित्र तयार गरिरहँदा यसको कार्यान्वयनमा समस्या देखिएकाे ऊर्जाविद् तथा एइपिसीका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । ‘अहिले जलविद्युत् आयोजनामा लगानी ल्याउन ठूलो समस्या देखिएकाे छ,’ उनले भने, ‘लगानी ल्याएर विद्युत् उत्पादन बढाए पनि भरपर्दो पूर्वाधार नहुँदा थप समस्या आएको छ ।’ यी समस्याको समाधान गर्न यातायात, कृषि, ऊर्जा लगायतका क्षेत्रमा नवीन र वैज्ञानिक उपायका साथै वित्तीय व्यवस्थापनमा समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ थियाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् पूर्वऊर्जा, जलस्राेत तथा सिँचाइ राज्य मन्त्री दिपकबहादुर सिंहले जलवायु परिवर्तन र शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा महत्त्वपूर्ण रहेको बताए । जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि यसको असर भने भोगिरहेकोले कोप-२८ मा यस विषयलाई महत्त्वका साथ अघि उठाउनुपर्ने उनकाे भनाइ थियाे ।

यस्तै, एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले कार्बन उत्सर्जन न्यूनिकरण, स्वच्छ ऊर्जामा रूपान्तरण हुन र शतप्रतिशत नवीकरणीय ऊर्जामा जानका लागि ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विधेयक’ लाई अघि बढाइएको बताए । अर्थ मन्त्रालयका सह–सचिव मुक्तिराम आचार्यले नवीकरणीय ऊर्जामा जानका लागि निर्धारण भएका विभिन्न लक्ष्यहरूलाई कार्यान्वयनमा ल्याउन पहिलो आवश्यकता लगानी रहेको भन्दै यसका लागि ग्रिन क्लाइमेट फण्ड, इनोभेटिभ फाइनान्स, ग्रिन बोण्ड लगायतका क्षेत्रमा कामहरू भइरहेको बताए ।

उता, कार्यक्रमकाे संयाेजन गरेका पिअारसीका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले शतप्रतिशत स्वच्छ उर्जाकाे पहुँच पुर्याउने सरकारकाे अभियानमा गैरसरकारी क्षेत्रकाे भूमिकाले पनि महत्त्वपूर्ण सहयाेग पुर्याएकाे बताए । ऊर्जाको उत्पादन बढ्दै गएसँगै खपतका क्षेत्रहरू पनि बढ्दै गएका छन् । विद्युतीय चुलो, विद्युतीय सवारीको प्रयोगलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit