विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दिगो सिँचाइको व्यवस्थापन गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन सौर्य विद्युत् प्रावकारी बन्न सक्ने एक सम्मेलनका सहभागीले जोड दिएका छन् । खाद्य सुरक्षा कायम गर्न दिगो सिँचाइ आवश्यक रहेको र त्यसका लागि सौर्य सिँचाइ प्रणाली प्रभावकारी हुने उनीहरूको धारणा छ । ललितपुरमा सोमबार आयोजित ‘कृषि क्षेत्रको प्रवर्द्धनका लागि नवीकरणीय ऊर्जामार्फत दिगो सिँचाइ तथा समावेशी नीति’ विषयक राष्ट्रिय सम्मेलनका सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

नेपालमा हाल कुल खेतियोग्य जमिन मध्ये ४० प्रतिशत भागमा मात्रै सिँचाइ सुविधा पुगेको र त्यसमा पनि १९ प्रतिशत भूभागमा मात्रै वर्षैभरी सिँचाइ सुविधा पुगेको तथ्यांक छ । खेतियोग्य सबै ठाउँमा दिगो सिँचाइ पुर्‍याएर खाद्य सुरक्षा प्रत्याभूत गर्न सौर्य सिँचाइ प्रविधि उपयुक्त हुने उनीहरूको धारणा छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइिपिसी) ले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा  आयोजना गरेको उक्त ५ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन सोबारदेखि सुरु भएका हो ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले सरकारले सन् २०४५ सम्ममा खेतियोग्य शतप्रतिशत जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य ‘राष्ट्रिय सिँचाइ गुरुयोजना २०१९’ मार्फत लिएको भन्दै त्यसका लागि सौर्य सिँचाई प्रणाली महत्वपूर्ण हुने बताए । त्यस्तै, सरकारले सन् २०२४ सम्ममा देशका खाद्य उत्पादन १०.७ मिलियन टनबाट बढाएर १४ मिलियन टन पुर्याउने र आयात ३० प्रतिशतले घटाउन सिँचाई सुविधा विस्तारको नीति लिएको पनि उनले बताए । यद्यपी, सिँचाइ सुविधाको प्रत्याभूति मात्रै खाद्य सुरक्षा प्राप्तिका लागि पर्याप्त समाधान नभएको उनको भनाइ थियो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सिँचाइका लागि सौर्य प्रणाली जस्ता नवीकरणी ऊर्जा प्रभावकारी देखिएको बताए । उनले सिँचाइको पहुँच विस्तार गर्न केन्द्रले अनुदानको नीति अघि सारेर कार्यक्रम सञ्चालन गर्दै आएको बताए । त्यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उप–निर्देशक डा. लक्ष्मण घिमिरेले राष्ट्रिय ग्रिडबाट टाढा रहेका, सीमान्तकृत क्षेत्रका कृषकमा सिँचाइ सुविधा पुर्याउने गरी कार्यक्रम अघि बढाएको बताए ।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई तितुङले सरकारले सुख्खा क्षेत्र घोषणा गरेका क्षेत्रमा सौर्य सिँचाइ पुर्याउन सरोकारवाला सबै निकायले जोड दिनुपर्ने बताइन् ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले खाद्य सुरक्षाका लागि पनि नेपालले सौर्य सिँचाई प्रणालीमा लगानी बढाउनु पर्ने बताए ।

विद्युत् प्राधिकरणका प्रतिनिधि सागर ज्ञवालीले सौर्य सिँचाइ प्रणालीको विद्युत् पनि  नेट मिटरिङबाट ग्रिडमा जोड्ने र सिँचाई नपुगेका क्षेत्रमा ११ केभीको डेडिकेटेड इरिगेशन लाइन निर्माण गर्नेतर्फ प्राधिकरण अघि बढिरहेको बताए ।

घाम पावर नेपाल प्रालिका प्रतिनिधि किरण तिमल्सिनाले नेपालमा सुरुसुरुमा सोलार भन्नासाथ बत्ती बाल्नका लागि प्रयोग हुन्छ भनेर बुझ्ने गरिकोमा पछिल्लो समय सिँचाइ पनि हुन्छ भन्ने बुझाउन सफल भएको बताए ।

कार्यक्रममा इमीका प्रतिनिधि, शिशिर श्रेष्ठ, इसिमोडका ऊर्जाविज्ञ अभिषेक मल्ल, पर्साका किसान अमिन मिया र सर्लाहीका किसान जानुकादेवी उप्रेतीले प्रस्तुतिकरण गरेका थिए । किसान मिया र उप्रेतीले  सौर्य सिँचाइको व्यवस्था भएपछि अफूहरूले कृषिबाट मनग्य आम्दानी गर्न सफल भएको बताए । विगतमा डिजेल पम्पबाट सिँचाइ गर्दा लगानी र आम्दानी बराबर हुने गरेकोको सौर्य सिँचाइको सुविधा पाएपछि कृषिबाट मुनाफा पाएको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा सौर्य सिँचाइको प्रवर्द्धन विषयक पहिलाे छलफल सत्रको सहजीकरण नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका प्रतिनिधि बद्रीनाथ बरालले गरेका थिए । ५ दिनसम्म चल्ने सम्मेलनमा ३० देशका १५० भन्दा बढी प्रतिनिधिको उपस्थिति हुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३