विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो ।

यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नविकरणीय ऊर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली’ २०२२/२६ को गतिविधिहरूमध्ये एक हो ।

नविकरणीय तथा दिगो ऊर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था र निजी व्यावसायीहरूलाई एकै ठाउँमा ल्याई नविकरणीय तथा दिगो ऊर्जा विकासका समस्या र अवसरहरू, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका सम्भावनाहरूका बारेमा घनिभुत छलफल तथा अनुभव आदानप्रदान गर्ने उदेश्यका साथ गोष्ठी गर्न लागिएको हो ।

गोष्ठीमा ७ राष्ट्र र १२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ६०/७० जना सहभागीहरू रहनेछन् । गोष्ठीमा अमेरिका, अष्ट्रेलिया र नर्वेका प्रतिष्ठित प्राध्यापकहरूको वक्तब्य, उच्चस्तरीय प्यानलसहित छलफल हुनेछ ।

साथै, गोष्ठीमा नविकरणीय र दिगो ऊर्जाको शैक्षिक क्षेत्रमा कमी–कमजोरीहरू निर्धारण, स्वच्छ ऊर्जा र चक्रिय अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित विचारविमर्श गरिनेछ । सोको लागि पाठ्यक्रम निर्धारण गरी शिक्षण र अनुसन्धानलाई अगाडि बढाउन संस्थाहरूबीच सहकार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३