विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू मार्फत ४ हजार मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । तिनीहरूमा निर्माण पूरा भई सञ्चालनमा आएका, निर्माणाधीन र अध्ययनरत आयोजनाहरू छन् ।

प्राधिकरणका अनुसार सहायक कम्पनी अन्तर्गत अघि बढाइएका आयोजनाहरूको क्षमता ४३१२.८६ मेगावाट रहेको छ । ती मध्ये ४७८.१ मेगावाटका दुई जलविद्युत आयोजनाले व्यापारीक उत्पादन गरिरहेका छन् ।

यसैगरी, २३७.६६ मेगावाटका ४ आयोजना निर्माणाधीन, २१९२.८ मेगावाटका ६ आयोजना निर्माण सुरु हुने चरणमा, १२६ मेगावाटका एक आयोजनाको अध्ययन पूरा भई कार्यन्वयनको चरणमा र १००८ मेगावाटका दुई आयोजना अध्ययनरत रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्राधिकरणको सहायकको पनि सहायक कम्पनीमार्फत १४.८ मेगावाटको एक आयोजना उत्पादन परिक्षण चरण भइरहेको र २५५.५ मेगावाटको तीन आयोजना निर्माणाधीन छन् ।

सञ्चालनमा रहनेमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना रहेका छन् । यो आयोजना क्रमशः अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेड र चिलिमे जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको हो ।

यसैगरी, चिलिमेकोको सहायकमार्फत निर्माण सम्पन्न १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत पनि प्रणालीमा जोडिएको छ । यो आयोजनाको भने अहिले परिक्षण भइरहेको प्रवर्द्धक सान्जेन जलविद्युत कम्पनीले जनाएको छ । यहि कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको माथिल्लो सान्जेनको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजनाबाट आगामी मंसिरभित्र उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ ।

यसैगरी, चिलिमेकै सहायक रसुवागढी हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धित १११ मेगावाटको रसुवागढी, मध्यभोटेकोसीद्वारा प्रवद्र्धित १०२ मेगावाटको मध्यभोटेकोसीको काम पनि अन्तिम चरणमा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । निर्माण अन्तिम चरणमा पुगेको रसुवागढीबाट असोजभित्र र मध्यभोटेकोसीबाट कात्तिकभित्र उत्पादन थाल्ने प्रवद्र्धक कम्पनीको लक्ष्य छ ।

चिलिमे आफैले ८७ मेगावाटको सेती नदी ३ को काम गरिरहेको छ । माथिल्लो तामाकोसीले २० मेगावाटको रोल्वालिङ खोला र ९९.८ मेगावाटको तामाकोसी–५ को निर्माण प्रक्रिया अघि बढाएको छ ।

यसैगरी, १४० मेगावाटको तनहुँ, ३७ मेगावाटको त्रिशुली ३ ‘बी’, ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छन् । १२६ मेगावाटको तल्लो सेतीको अध्ययन पूरा भई कार्यान्वयनको चरणमा रहेको छ । १०७१ मेगावाट उत्तरगंगा, १८० मेगावाटको आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन भइरहेको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit