विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

किमाथांका । सङ्खुवासभामा ५ मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । 

सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्नेछ ।

आयोजनामा ३ हजार १०० मिटर लामो हेडरेस पाइप तथा ६०० मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।

विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङसमेत सम्पन्न भइसकेको छ । 

उक्त आयोजना करिब १ अर्ब १० करोड रुपैयाँ लागतमा निर्माण भएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३