विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘बी’ (भी) द चेञ्जु अभियान क्याम्पबेनअन्तर्गत पाँच दिने विद्युतीय गाडीको ‘हाइ भोल्टेज ब्याट्री चेकअप’ क्याम्प सुरु गरेको छ । कम्पनीले आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि सो क्याम्प आयोजना गरेको हो ।

मंसिर २६ देखि (सोमबार) पुस १ गते (शुक्रबार) सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि सो क्याम्प आयोजना गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्नेछ । यो कार्यक्रम थापाथलीस्थित हुन्डाइको इभी शोरुम अगाडि हुनेछ ।

यो कार्यक्रमले प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरूलाई विभिन्न सुझावहरू प्रदान गर्नेछ । देशैभरि ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुमसहित हुन्डाइले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै प्रयास गर्दै आएको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit