विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभरमा ६६ र ३३ केभी क्षमताका करिब साढे १० हजार किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । महालेखा परीक्षकले बुधबार (असार २९ गते) सार्वजानिक गरेको ५९ औं प्रतिवेदनमा उक्त लाइन निर्माण सम्पन्न भएको उल्लेख छ ।

६६ र ३३ केभीका १० हजार ६ सय ५९ किलोमिटरको प्रसारण लाइन निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । २०७७÷७८ को योजना अनुसार १२ हजार २ सय ३० किलोमिटरको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्य भन्दा कम प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

६६ केभी प्रसारण लाइनको हालसम्म ४ हजार ६ सय ४० किलोमिटर मात्र प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । २०७७÷७८ को वार्षिक विकास कार्यक्रमअनुसार ५ हजार ७ सय ३० किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै, ३३ केभीका ६ हजार १९ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । २०७७÷७८ भित्र ६ हजार ५०० सय किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारले गुणस्तर विद्युत सेवा आपूर्ति गर्न विद्युतीय संरचना निर्माणलाई तिव्रता दिएको छ । विद्युत उत्पादन बढ्दैगएसँगै उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन र वितरणलाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit