काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएकाे छ । आयोगले कम्पनीको सेयरधनी सदस्यलाई छुट्याएको सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रकम बराबरको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले साधारण सभाबाट प्रस्ताव पारित हुने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
कम्पनीको संखुवासभामा ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत आयोजन र ९.८४ मेगावाटको काबेली बी-१ क्यासकेड सञ्चालनमा छ ।