विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कस्ट्रक्सन कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रुकुमको सिस्नेमा निर्माणाधीन ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित २९ करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डले अनुमति दिएपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले आगामी असोजदेखि विद्युत उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

उत्पादीत विद्युत २१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको मुसीकोट सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले आफैले निर्माण गर्दैछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit