विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट कम्पनीले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हाे ।

कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतका दरले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । यसअनुसार कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात् उक्त लाभांश वितरण गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३