images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले ४ महिनामा १४ प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको छ । विभागले निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेकाे जलविद्युत तथा साैर्य आयाेजनाकाे विद्युत प्रवाह हुने ३३ केभीदेखि २२० केभी क्षमतासम्मका प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो । 

विभागका अनुसार बैशाखदेखि साउनसम्मकाे अवधिमा १४ प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएका हुन् । अध्ययन अनुमति पाएका आयोजनाहरू नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका रहेका छन् । निर्माणका चरणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका विद्युत आयोजनाको बिजुली प्रवाह हुने संरचना तयार गर्नका लागि विभागले उक्त प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो ।

अध्ययन अनुमति पाउनेमा २२० केभी, १३२ केभी र ३३ केभी क्षमताका प्रसारण लाइन छन् । २२० केभी क्षमताका ३, १३२ केभी क्षमताका ८ र ३३ केभी क्षमताका ३  प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ । 

२२० केभी क्षमताका ओखरापौवा-तिनपिप्ले प्रसारण लाइनले बैशाख २६ गते अध्ययन अनुमति पाएको थियो । यस प्रसारण लाइन आयोजनाको अध्ययन प्राधिकरणले गरिरहेकाे छ । साथै, २२० केभी क्षमताका डुकुछाप–सिरुटार–नालागुम्बा–लप्सीफेदी र लप्सीफेदी–कपन–गुम्बा–तिनपिप्ले प्रसारण लाइन आयोजनाले पनि अध्ययन अनुमति पाएका छन् । 

यसैगरी, १३२ केभी क्षमताका मेवा खोला, स्याउले–सन्फेबगर, करुवा सेती, बफीकोट–कुंग्री, बालाजु-सिंहदरबार, टेकु-थापाथली, सिरुटार–हरिसिद्धी–पाटन र सुपर तल्लो बागमती प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएकाे तथ्यांकमा छ ।

यसैगरी, ३३ केभी क्षमताका मध्य तारा खोला, बलेफी–ए र जिरा भवानी प्रसारण लाइन आयोजनाले पनि अध्ययन अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit