विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर–१ को ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको घुन्सा खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

आयोजनाको बाँधस्थल, इन्टेक, थिग्राउने पोखरी र पहुच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब ४ हजार ३ सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ ।

विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछन् । टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । हेडरेस सुरुङ, सर्ज ट्याङ, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि  त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ ।

आयोजना पूरा भएपछि वार्षिक सरदर ४५८.५८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन पेश गरेको छ । विभागबाट अनुमति पाउने लगतै आयोजनाको काम सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit