विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनकाे इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । निजी लगानीमा निर्माण सम्पन्न भएकाे चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हाे ।

दिगो ग्रुप कम्पनीले पृथ्वी राजमार्गमा चल्ने विद्युतीय सवारी साधन चार्ज गर्ने उद्देश्यले कुरिनटारमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएकाे हाे ।कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको यो दोस्रो चार्जिङ स्टेसन हो ।

कम्पनीका अनुसार कुरिनटारमा निर्माण गरिएकाे सबस्टेसनकाे डिसी फास्ट चार्जरकाे आइतबार उद्घाटन गरिएकाे छ । १२० किलोवाट क्षमताको चार्जिङ स्टेसनमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा विद्युतीय सवारीको संख्या थपिँदै गएपछि चार्जिङ स्टेसनको क्षमता पनि बढाउने याेजना रहेकाे कम्पनीले जनाएकाे छ । 

पृथ्वी राजमार्गमा चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत खपत बढ्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनाेद सापकोटाले बताए । चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिई सञ्चालनमा ल्याइएको छ । यो चार्जरले पृथ्वी राजमार्गमा चल्ने डिबिटी प्लक भएको विद्युतीय सवारी साधनलाई सेवा दिने कम्पनीले जानकारी दिएकाे छ।

कम्पनीको पहिलो चार्जिङ स्टेसन विपि राजमार्गमा सञ्चालनमा छ । कम्पनीले राजमार्गामा चल्ने विद्युतीय सवारी चार्ज गर्ने उद्देश्यले गत भदौमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएकाे हाे।

काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरू सञ्चालनमा छन् । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ ।

सरकारले आन्तरिक विद्युत खपत बढाउने नीति लिएर विद्युतीय सवारी साधनकाे प्रवर्द्धन गर्दै आएकाले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रकाे सक्रियता बढ्दै गएकाे छ । विद्युत प्राधिकरणले पनि देशका विभन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेकाे छ ।

अबकाे ६ महिनाभित्रमा यी चार्जिङ स्टेसनहरू निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदै छन् । विद्युत प्राधिकरणले निजी क्षेत्रका लागि समेत देशभरमा ५ सय चार्जिङ स्टेसन निर्माण गर्न आवेदन मागेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit