विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार (असोज ५ गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि बस्ने कम्पनीको आगामी पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।

कम्पनीका अनुसार हालको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशतका दरले १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ । त्यस्तै, ०.७८९ प्रतिशत नगद लाभांशबापत कर प्रयोजनसहित ६७ लाख ९४ हजार ६५४ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।

कम्पानीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा ९.५ मेगावाट क्षमताको मध्य सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३