विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्काशन (आइपिओ) का लागि आवेदन दिएका ६ जलविद्युत् कम्पनीको नाम अनुमति सूचीबाट हटाएको छ । २०८० पुस १३ गते सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीको आइपिओ निष्काशनको अनुमनति रोक्न बोर्डलाई सेबोनलाई निर्देशन दिएको थियो । सोही निर्देशनलाई देखाएर सेबोनले आइपिओको अनुमति रोक्दै आएको थियो । 

सेबोनले २३ महिनादेखि आइपिओ अनुमति रोकेको र पछिल्लो समय  अनुमति लिन ५ देखि ७ प्रतिशत कमिशन मागेको आरोप ऊर्जा प्रवद्र्धकहरूले लगाएपछि यसबारे विवाद सिर्जना भएको थियो । त्यसको केही समयपछि नै सेबोनले अनुमति सूचिमा रहेका कम्पनीहरूको नाम हटाएको हो ।

कुल १४ कम्पनीलाई सूचिबाट हटाउँदा आधा दर्जन कम्पनी जलविद्युत् क्षेत्रका परेका हुन् । लामो समयदेखि आइपिओ निष्काशन अनुमतिको पखाईमा रहेका ४४ वटा जलविद्युत् कम्पनी मध्ये ६ वटालाई सूचीबाट हटेका हुन् ।  

सूचीबाट हटाइएका कम्पनीहरूमा सानिमा हाइड्रोपावर लिमिटेड, रिचेत जलविद्युत् कम्पनी लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड र पुवाखोला–वान हाइड्रोपावर लिमिटेड रहेका छन् । 

यसले यी कम्पनीहरूको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५४ लाख ५० हजार १ सय १० कित्ता सेयर निष्काशन अन्योलमा परेको छ ।

अनुमति पर्खाइको सूचीबाट नाम हटाइएका मध्य सबैभन्दा बढी सेयर कित्ता निष्काशनको प्रस्ताव लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले गरेको थियो । उक्त कम्पनीको ६५ लाख ७७ हजार कित्ता आईपिओ निष्काशनको अनुमतिका लागि आवेदन दिएको थियो । कम्पनीले सिन्धुपालचोकमा ३ मेगावाटको चाकुखोला जलविद्युत् केन्द्रबाट २०६२ सालदेखि विद्युत् उत्पादन गर्दै आएको छ । 

सेबोनको पाइपलाइनमा अझै ३८ वटा जलविद्युत् कम्पनी निष्काशन अनुमति पर्खिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३