विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ७, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपालको प्रतिव्यक्ति विद्युत् खपत गत आर्थिक वर्ष (आव) मा ५.९८ प्रतिशतले बढ्न गई ४१८.३१ युनिट पुगेको छ । 

नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार, आव २०२५÷२६ को शुरुवातमा प्रतिव्यक्ति विद्युत् खपत ३९४.६९ युनिट रहेको थियो । एक वर्षको समयमा प्रतिव्यक्ति विद्युत् खपतमा २३.६२ युनिटले वृद्धि भएको देखिन्छ । 

विद्युत् प्रयोगकर्ताको संख्यामा भएको वृद्धिसँगै औसत बिजुली खपतमा पनि वृद्धि भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत उपभोक्ताको संख्यामा गत वर्ष ३.३२ प्रतिशतले वृद्धि भएको थियो । प्रयोगकर्ताको कुल संख्यामा २०५,१६३ ले वृद्धि हुन गई  ६३ लाख ८३ हजार ९१६ पुगेको छ । यो संख्या अघिल्लो आवमा ६१ लाख ७८ हजार ७५३ थियो । ।

कुल विद्युत् प्रयोगकर्तामध्ये ५९ लाख २७ हजार ४४० घरधुरीले प्रत्यक्ष रूपमा नेपाल विद्युत् प्राधिकरणद्धारा वितरित बिजुली प्राप्त गर्छन् भने ४५६,४७६ घरपरिवारले सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रम मार्फत सेवा प्राप्त गर्छन् ।

प्राधिकरणका अनुसार विगत छ वर्षमा विद्युत् प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा विस्तार भएको छ । उक्त अवधिमा प्रयोगकर्ताको संख्या ४५ लाख २८ हजार ४११ बाट बढेर ६३ लाख ३३ हजारभन्दा बढी पुगेको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कले राष्ट्रिय विद्युत प्रणालीमा पहुँच विस्तार हुँदै जाँदा उपभोक्ता संख्याको वृद्धिसँगै विद्युत् मागमा समेत निरन्तर वृद्धि भइरहेको जनाएको छ । गत आव २०२५÷२६ मा विद्युत् बिक्री ९.६४ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ६५ लाख ८२ हजार युनिट पुगेको छ, जुन अघिल्लो आवमा ११ अर्ब २८ करोड ८२ लाख ६८ हजार युनिट मापन गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३