विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कर्मचारीहरूलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिने भएको छ । 

सोमबार प्राधिकरणको ४१औं वार्षिकोत्सवका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सबै कर्मचारीहरूलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिइने घोषणा गरेका हुन् । ‘प्राधिकरणका सबै कर्मचारी तथा ज्यालादारी साथीहरूलाई समेत जनही २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिने निर्णय भएको छ’, मन्त्री श्रेष्ठले भने ।

यसैबीच ऊर्जामन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोड्ने घोषणा गरेका छन् । निजी क्षेत्रले ऊर्जा विकासमा ठूलो लगानी जोखिम बहन गरिरहेको अवस्थामा त्यसको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउँदै उनले सरकार निजी क्षेत्र विकासको पक्षपाती रहेको जनाएका छन् ।   

’विद्युत् प्राधिकरण संस्थागत क्षमता, प्रतिस्पर्धात्मक दक्षता र सार्वजनिक उत्तरदायित्वमा आधारित हुनुपर्छ’, मन्त्री श्रेष्ठले भने । नियमन र प्रतिस्पर्धात्मक वातावरणमार्फत थप लगानी आकर्षित गरिने उनको भनाइ रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३