विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ५, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काडमाडाैँ । काठमाडौँ विश्वविद्यालयमा गरिएको अनुसन्धान र सहकार्यका आधारमा तयार गरिएको 'ग्रीन हाइड्रोजन इन नेपाल : स्ट्राटेजिक पाथवे फर डिप डिकार्बाेनाइजेसन एन्ड इन्डस्ट्रियल ट्रान्सफर्मेसन' नामक अङ्ग्रेजी भाषामा लिखित पुस्तक सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भोला थापा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बराल तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक प्रा. भूपेन्द्र बिमल क्षेत्रीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त पुस्तक संयुक्त रूपमा विमाेचन गरेका हुन् । 

नेपालको ऊर्जा रूपान्तरण, औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावना र रणनीतिक मार्गबारे केन्द्रित उक्त पुस्तक डा. विराजसिंह थापाले लेखेका हुन् । लेखक थापा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख हुन् । उनी विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय रहँदै आएका छन् । 

ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्यका साझेदारहरूको संयुक्त प्रयासबाट तयार भएको यस पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाबारे विस्तृत रूपमा चर्चा गरिएको छ । विशेष गरी, जलविद्युत् स्रोतको उपयोगमार्फत हरित हाइड्रोजन उत्पादन गरी ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा हरित औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

नेपाल सरकारले हरित हाइड्रोजनको विकासका लागि नीतिगत पहललाई तीव्रता दिइरहेको छ । हरित हाइड्रोजन नीतिको तयारी, करसम्बन्धी प्रोत्साहनका व्यवस्था तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणा जस्ता पहलहरूले नेपालमा यस क्षेत्रको विकासका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेका छन् ।

काठमाडौँ विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनाको निरन्तरतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

इच्छुक व्यक्तिले [email protected] मा इमेल गरी उक्त पुस्तकको निःशुल्क प्रति प्राप्त गर्नसमेत सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३