विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ५, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी र पदस्थापनमा फेरबदल गरिएको हो ।

मन्त्रालयले विद्युत् विकास विभागबाट सरुवा भई आएका सहसचिव सुनिल पौडेललाई ऊर्जा महाशाखाको जिम्मेवारी दिएको छ । यसअघि ऊर्जा महाशाखाको जिम्मेवारीमा रहेका सहसचिव सन्दीपकुमार देवलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । आयोगमा सचिवका रूपमा कार्यरत जीवछ मण्डललाई भने मन्त्रालयमा सरुवा गरिएको छ । मण्डलको भने जिम्मेवारी तोकिएको छैन ।

त्यस्तै, विद्युत् विकास विभागको महानिर्देशक पदबाट सरुवा भए मन्त्रालयमा आएकी सहसचिव मनदेवी श्रेष्ठलाई विद्युत् नियमन आयोगमा सरुवा गरिएको छ । उनले आयोगमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । यसअघि पनि श्रेष्ठले आयोगमा सचिवका रूपमा काम गरिसकेकी छन् ।

ऊर्जा क्षेत्रका विभिन्न महाशाखा तथा मातहतका निकायमा प्रशासनिक समन्वय र कार्यसम्पादनलाई प्रभावकारी बनाउ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेकाे बताइएकाे छ । यद्यपि, मन्त्रालयमा सरुवा भएर आएका केही सहसचिवलाई अझै जिम्मेवारी नतोकिँदा प्रशासनिक व्यवस्थापन भने पूर्णरूपमा टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३