विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  असार १ गते मर्स्र्याङ्दी नदीमा आएको भीषण बाढीले संरचनामा क्षति पुर्याएको ५० मेगावाटको माथिल्लो मर्स्र्याङ्दी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन अझै सुचारु हुन सकेको छैन । बर्खाको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्ने कार्य पूरा भइनसकेकाले २ महिना बितिसक्दा पनि जलविद्युत केन्द्रको उत्पादन सुचारु हुन नसकेको हो ।

९० प्रतिशत चीनको लगानी रहेको जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा विद्युत बिक्रीबाट हुने ६० करोड रुपैयाँ बढी आम्दानी गुमिसकेको प्रवद्र्धक सिनो हाइड्रो गरमाथा पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्ने हुँदा दैनिक १ करोड रुपैयाँ बराबरको आम्दानी गुमिरहेको छ ।

जलविद्युत केन्द्रका क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न अझै बढीमा ३ महिनाको समय लाग्ने हुँदा उत्पादनबाट हुने थप ९० करोड रुपैयाँ बढीको आम्दानी गुम्ने देखिएको छ । बाढीले आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति गरेको थियो । 

क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गरिने कम्पनीले जनाएको छ ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोले ९० प्रतिशत र नेपालको सगरमाथा हाइड्रो पावर कम्पनीले १० प्रतिशत लगानी जलविद्युत केन्द्रमा कगरेका छन् । जलविद्युत केन्द्रले २०७३ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

लमजुङको भुलभुलेमा निर्माण भएको जलविद्युतगृहमा २५/२५ मेगावाटका २ वटा उत्पादन युनिट छन् । जलविद्युत केन्द्रले सुख्खा याममा ५ करोड ७० लाख युनिट र बर्खामा २६ करोड ६ लाख युनिट विद्युत उत्पादन गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit