विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । २०७३ साउनदेखि निर्माण सुरु भएको आयोजना ५ वर्षमा सम्पन्न हुने चरणमा पुगेको हो ।

आयोजनाको ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रवर्द्धक सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्गले बताए । उनका अनुसार बाँध र विद्युतगृहका सबै संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।

‘आयोजनाका मुख्य संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मुख्य सुरुङमा थोरै काम बाँकी छ । यो पनि चाँडै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं ।’ उनले सुरुङ बाहेक निर्माण सम्पन्न भइसकेका संरचनाको ‘ड्राइ टेष्ट’ भइरहेको बताए ।

बाँध क्षेत्रका संरचना तयार भइसकेका छन् । विद्युतगृहको संरचना तयार भई इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि सकिएको छ । पेनस्टकको जडान कार्य पूरा भइसकेको छ । 

कमजोर भौगोलिक अवस्थाका कारण मुख्य सुरुङको काम सम्पन्न गर्न समय लागेको पनि उनले बताए । समस्याका कारण निर्माण अवधिमा मुख्य सुरुङको काम ६ महिनासम्म ठप्प हुन पुगेको थियो । अब भने सुरुङको समस्या समाधान गरी निर्माण अन्तिम चरणमा पुर्याएको उनले बताए ।

मुख्य सुरुङको बाँकी काम सम्पन्न गर्न बढीमा १ महिनासम्म लाग्ने उनले जानकारी दिए । सुरुङ खनेर सकिएपछि ‘लाइनिङ’ को काम गर्न थप ४ महिना लाग्ने कम्पनीले जनाएको छ । बाँकी काम सम्पन्न गरी आयोजनाबाट आगामी पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट गत पुसबाटै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि लक्ष्यभन्दा १ वर्ष ढिलो गरी प्रणालीमा जोडिने भएको हो । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी तिन्ला सबस्टेसनमा जोडिनेछ ।

विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना (कोभिड–१९) महामारी र सुरुङमा आएको समस्याका कारण आयोजनाको विद्युत उत्पादन धकेलिएको गर्गले दाबी गरे । ‘आयोजना आउन ढिलो भएकै हो । ढिलो हुनुमा एउटा मात्रै कारण छैन । प्रसारण लाइनको समस्या, महामारी र सुरुङको समस्याले नै तालिकाअनुसार काम गर्न सकिएन र आयोजना निर्माण पनि लम्बियो’ उनले भने ।

कोरोना महामारीका कारण ठेकेदार कम्पनीले १ वर्षसम्म आयोजनाको काम सुरु गर्न सकेको थिएन । आयोजनाको निर्माण लम्बिँदा २० प्रतिशत लागत बढेको कम्पनीले जनाएको छ । 

आयोजनामा नेदरल्याण्डस डेभलपमेन्ट बैंक (डिइजी) र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफआइडी) ले ऋण लगानी गरेका छन् । यो आयोजनामा प्राइम बैंकको अगुवाईमा ५ वटा स्वदेशी बैंककाे पनि ऋण लगानी छ ।

आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण सुचारु भइसकेको छ । प्रसारण लाइन तयार हुँदा आयोजना पनि विद्युत उत्पादनका लागि तयार हुने कम्पनीको दाबी छ । तल्लो सोलु ‘सुपर सिक्स’ अन्तर्गत सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई दिएका ६ मध्येको एउटा आयोजना हो । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit