विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विद्युत् नियमन आयोगले तयार पारी सार्वजनिक गरेको विद्युत् नियमन आयोग खुला पहुँच निर्देशिका, २०८२ को मस्यौदाउपर राय–सुझाव उपलब्ध गराउने म्याद १५ दिन थप गरिएको छ । आयोगले सोमबार सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।

यसअघि आयोगले उक्त निर्देशिकाको मस्यौदा उपर राय–सुझाव लिन २०८२ असार ४ गतेदेखि ३० दिनको समय निर्धारण गरेको थियो । उक्त मस्यौदामाथि सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालाहरूबाट आयोगले सुझावको अपेक्षा गरेको छ । थपिएको म्याद अनुसार साउन १९ गतेसम्म राय–सुझाव दिने समय थप भएको छ ।

विद्युत् प्रसारण, वितरण पूर्वाधार तथा प्रसारण प्रणालीमा स्वामित्व राख्ने निकाय वा संस्थाबाहेक विद्युत् उत्पादक, विद्युत् व्यापारमा संलग्न कम्पनी तथा ठूला विद्युत् उपभोक्ता समेतले विभेदरहित रूपमा विद्युत् प्रणाली प्रयोग गरेर बिजुली खरिद वा बिक्री गर्न पाउने व्यवस्था नै खुला पहुँच हो ।

यो निर्देशिका लागु भएपछि प्राधिकरणबाहेकका ठूला विद्युत् उत्पादक, विद्युत् व्यापारी तथा विद्युत् खपतकर्ता समेतले तोकिएको शुल्क तिरेर देशमा उपलब्ध प्रसारण तथा वितरण प्रणालीको प्रयोग गरी विद्युत्को खरिद–बिक्री गर्न सक्ने अधिकार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३