विद्युत अपडेट

  • प्राधिकरण : ८१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७१३ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२४० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९२७ मे.वा.
२०८३ कार्तिक १२, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्‌गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन ठेक्का आह्वान गरेको छ । कम्पनीले उक्त कार्यका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ करोड ७४ लाख ७६ हजार ८४९ रुपैयाँ ४२ पैसा लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले प्रकाशित गरेको बोलपत्र सूचनाअनुसार केन्द्रको भूमिगत विद्युत्‌गृहमा जम्मा भएको गेग्रान तथा भग्नावशेष हटाउन योग्य निर्माण व्यवसायी तथा कम्पनीहरूबाट प्रस्ताव माग गरिएको छ । कम्पनीले उक्त कार्यका लागि एक चरणमा दुई खाम पद्धति (सिंगल स्टेज टु इन्भेलप) अन्तर्गत प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्ने व्यवस्था गरेको छ । बोलपत्रको ठेक्का पहिचान नम्बर ‘Re-CHPCL: 2083/84-PH-FDCW-01’ रहेको छ ।

बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा २ करोड ९३ लाख रुपैयाँ भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यस्तै, समान प्रकृति र आकारको निर्माण कार्यमा कम्तीमा १ करोड १७ लाख २० हजार रुपैयाँ बराबरको कार्यानुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

बोलपत्र दस्ताबेज खरिद गर्न ५ हजार रुपैयाँ शुल्क लाग्नेछ भने प्रस्ताव पेस गर्दा ५ लाख ९० हजार रुपैयाँ बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ । बोलपत्रको मान्य अवधि खोलिएको मितिदेखि ९० दिनको हुनेछ भने जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधि समाप्त भएको मितिबाट थप ३० दिनसम्म कायम हुनुपर्नेछ ।

इच्छुक निर्माण व्यवसायीले कम्पनीको काठमाडौँ धुम्बाराहीस्थित चिलिमे टावरको छैटौँ तलामा रहेको कार्यालयबाट आवश्यक जानकारी प्राप्त गर्न तथा बोलपत्रसम्बन्धी कागजात अध्ययन गर्न सक्नेछन् । कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, लिखित निवेदन र तोकिएको शुल्क बुझाएको प्रमाण पेस गरी बोलपत्र दस्ताबेज खरिद गर्न सकिने उल्लेख छ ।

कम्पनीका अनुसार इच्छुक बोलपत्रदाताले आगामी कात्तिक १८ गते मध्याह्न १२ बजेभित्र सिलबन्दी बोलपत्र कम्पनीको धुम्बाराहीस्थित कार्यालयमा बुझाइसक्नुपर्नेछ । प्राप्त प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १२ः३० बजे बोलपत्रदाता वा उनीहरूका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ । 

प्राविधिक मूल्याङ्कनबाट योग्य ठहरिएका बोलपत्रदाताको आर्थिक प्रस्ताव भने प्राविधिक प्रस्ताव स्वीकृत भएको भोलिपल्ट खोलिनेछ । यससम्बन्धी जानकारी योग्य बोलपत्रदातालाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

बोलपत्र खरिद वा पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिनेछ । यद्यपि, यस्तो अवस्थामा बोलपत्र जमानतको मान्य अवधि भने सुरुमा तोकिएकै अन्तिम मितिका आधारमा कायम हुनेछ ।

गत भदौ १० गते आएकाे भाेटेकोसीकाे प्रलयकारी बाढीले २२ मेगावाटको उक्त केन्द्रकाे भूमिगत विद्युत्‌गृह तथा सुरूङमा गेग्रानसहितकाे लेदाे र भग्नावशेषले पुरिदएकाे थियो । कम्पनीले हालको आपत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै सार्वजनिक खरिद ऐनको दफा ६६, सार्वजनिक खरिद नियमावलीको नियम १४५ तथा कम्पनीको विनियमावलीको उपदफा २३ (२) बमोजिम छोटो अवधिको बोलपत्र प्रक्रिया अपनाएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३