विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’  बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । लामो समयदेखि लुम्बिनीमा थन्किएका बसकाे असोज १३ गतेदेखि गरेको परीक्षण सफल भएको हो ।

एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो । दसैं, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले बताए ।

‘असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए’ उनले भने, छ रूटमा ५ बसमार्फत ५२७ पटक बस सञ्चालन हुँदा १६३८५ किलोमिटर यात्रा गरेको छ ।’

यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रूटमा सबैभन्दा बढी १६० पटक बस चल्दा ५७८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा १३१ पटक बस चल्दा ५०७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा २२७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा १३४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रूपमा सञ्चालनका लागि तयारी गरेको बताए ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रूपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit