काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीको सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न असार ६ गते (बुधबार) अनुमति दिएको हो ।
बोर्डले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यका लागि छिटै सेयर निष्कास गरी बाँडफाँड गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दार्चुलामा निर्माण सम्पन्न गरेकाे ८.५ मेगावाको नौगड गाढ र ८ मेगावाटको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाले निन्तर विद्युत उत्पादन गरिरहेका छन् । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन छ ।