विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जाको सेयर आइतबार (१७ गते) बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १० गतेसम्म खुल्ला गरिएको सेयर आइतबार बिहान ९ बजे बाँडफाँड गर्न लागिएको हो ।

कम्पनीको सेयर किन्न मागभन्दा साढे ५ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । गत आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६५ हजार ३ सय ५ जनाले साधारण सेयरका लागि आवेदन दिएका थिए । आवेदकले ३ अर्ब ४३ करोड ९५ लाख २८ हजार मूल्यको ३ करोड ४३ लाख ९५ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको सेयर खरिद गर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिए पनि गोला प्रथाबाट करिब ६ लाख ४४ हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले दोस्रो चरणमा कूल ७० लाख कित्ता सेयर निष्कासन गरेको थियो । निस्कासन भएको सेयरमध्ये ५ प्रतिशत हुन आउने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने २ लाख १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत सर्वसाधारणका लागि छुट्याइएको थियो । बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड भइसकेको छ । स्थानीयबासीबाट पनि मागभन्दा बढी आवेदन परेपछि गोला प्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।

कम्पनीले सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको करिब ७६ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit