काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्यूत आयोजनाले सर्वसाधारणका लागि गत साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेका सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।
सय रुपैयाँ अंकित २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये २ प्रतिशत हुन आउने अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ ।
बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकत तोकिएको छ । कम्पनीको ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।