काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यहरूका लागि १० प्रतिशत नगद लाभांस पारित गरेको छ । कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीको चैत २० गते (सोमबार) भएको साधारणसभाले लाभांस पारित गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश पारित भएको कम्पनीले जनाएको छ । सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा÷नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गरेको छ ।
सभाबाट पारित भएको लाभांस लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना सञ्चालनमा छ ।