काठमाडौं । सानिमा हाइड्रो पावर लिमिटेडले साढे २४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारण र प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न २०८० जेठ २६ गते आवेदन दिएको हो ।
जारी पूँजी २४ करोड ५० लाख रकम बराबरको सय रुपैयाँ अंकित २४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउने लगतै पाहिलो चरणमा प्रभावित स्थानीका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।