विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको क्यासकेडको रूपमा दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी–५ मा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने टुंगो लागेको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि आइतबार (जेठ ७ गते) कोषले लगानी गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरे ।

कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विट) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यासकेडको रूपमा निर्माण हुने हुँदा यस आयोजनाको बाँध, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) लगायत संरचना बनाउनु पर्दैन । माथिल्लो तामाकोसीको विद्युतगृहबाट निकास भएको पानी आयोजनाको सुरुङसम्म पुर्याउन आवश्यक पर्ने गेट निर्माण भइसकेको भण्डारीले जानकारी दिएका छन् ।

माथिल्लो तामाकोसीबाट जलविद्युतमा लगानी गरेको कोषले अहिलेसम्म ८२६ मेगावाटका आयोजना (माथिल्लो तामाकोसी, सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी, मध्यभोटेकोसी र तामाकोसी–५) मा ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिएको छ । चिलिमेका ४ आयोजनामा कोषको १६ अर्ब रुपैयाँ लगानी छ ।

माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ । 


संक्षिप्त विवरण

जिल्ला : दोलखा
आयोजना : नदी प्रवाही
क्षमता : ९९.८ मेगावाट

वार्षिक विद्युत उत्पादन : ४९ करोड ५१ लाख युनिट

कूल लागत : २१.१४ अर्ब रुपैयाँ
निर्माण गर्नुपर्ने सुरुङ : ८ किलोमिटर
विद्युत जोडिने स्थान : २२० केभी गोंगर सबस्टेसन (विद्युतगृहदेखि २ किलोमिटर)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit