विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्राविधिक नजाँदा माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन् । लमजुङमा निर्माण सम्पन्न भई आन्तरिक परीक्षण समेत पूरा भएको आयोजनाको उत्पादन परीक्षण गर्न प्राविधिक नजाँदा २.४ मेगावाट विद्युत जोडिन नसकेको हो ।

आन्तरिक परीक्षण पूरा भएको एक महिनासम्म पनि प्राधिकरणको प्राविधिक नआउँदा विद्युत खेर गइरहेको अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीका इन्जिनियर जिवन केसीले बताए । उनका अनुसार आयोजनाको परीक्षण मंसिरको दोस्रो सातामानै सकिएको थियो ।

‘प्राधिकरणले मंसिरभित्रनै आएर विद्युत प्रणालीमा जोडने भनेपनि अहिलेसम्म आएको छैन्,’ उनले ऊर्जाखबरसँग भने, ‘अब पुसभित्र आएर विद्युत उत्पादन परीक्षण सुरु गर्नेछ ।’

कम्पनीले निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न गरेको हो । २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण पूरा गरी सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण समेत पूरा गरेको छ ।

प्राधिकरणका प्राविधिक  गएर उत्पादन परिक्षण सुरु गरेपछि २ सातासम्म परीक्षण उत्पादन चल्नेछ ।  परीक्षण उत्पादनको चरण पूरा गरेर व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit